मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको छ : शेखर गोल्छा – Nepal Press

मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको छ : शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको बताएका छन् । आज १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै देशको अर्थतन्त्र कठीन मोडमा पुगेको बताएका छन् ।

‘कोरोना खोप लगाउन सुरू भएपछि कोरोना संक्रमणको दरमा निकै कमी आएको सन्दर्भमा अर्थतन्त्रले गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका घटना क्रमले मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको छ । यसबाट आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ हाम्रो ध्यानाकृष्ट भएको छ,’ उनले आफ्नो शुभकामनामा लेखेका छन् ।

रोजगारदाता परिषदका सभापति संघईले पनि आफ्नो शुभकामना संदेशमा मुलुक आर्थिक संकटतर्फ उन्मूख हुन लागेको हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *