प्रशिक्षक अब्दुल्लाहले बन्द शिविरमा १७ खेलाडी थपे – Nepal Press

प्रशिक्षक अब्दुल्लाहले बन्द शिविरमा १७ खेलाडी थपे

काठमाडौं । बन्द शिविरमा रहेका १० जना खेलाडी बाहिरिएपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १७ जना नयाँ खेलाडीलाई थपेका छन् ।

यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकामा १० जना खेलाडी अल्मुताइरीसँगको विवादपछि टिमबाट बाहिरिएका छन् ।

कप्तान किरन चेम्जोङले पनि बाहिरिएका खेलाडीको पक्षमा बोलेपछि उनी पनि टोलीमा नपर्ने संकेत देखिएको छ ।

अब्दुल्लाहले अनुभवी गोलकिपर विकेश कुथुसहितलाई बन्द शिविरमा बोलाएका छन् ।

सूची

विकेश कुथु, विशाल सुनार, अभिषेक बराल, आकास बुढा मगर, आशिस चौधरी, विकास तामाङ, जर्ज प्रिन्स कार्की, मनिष गर्जा मगर, निर कुमार राई, राजन गुरुङ, रोसन राना मगर, रुप बहादुर लामा, संजोक राई, सेसेहाङ आङदाम्बे, शिव गुरुङ, सुनिल राई, सुशिल राई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर