जिम्बावे ए विरुद्ध हुने एकदिवशीय शृंखलाका लागि नेपाली टोलीको घोषणा – Nepal Press

जिम्बावे ए विरुद्ध हुने एकदिवशीय शृंखलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । जिम्बावे ए विरुद्ध हुने एकदिवशीय क्रिकेट शृंखलाका लागि शुक्रवार नेपाली टोलीको घोषणा गरिएको छ ।

सन्दिप लामिछाने कप्तानीको टिममा युवा अलराउण्डर आदील अन्सारी तथा फास्ट बलर किशोर महतोले स्थान बनाएका छन् ।

यस्तै, ब्याट्सम्यान सुनिल धमलाले पनि ५ वर्ष पछि टिममा पुनरागमन गरेका छन् ।

आदीलले पपुवा न्यु गिनि र मलेसियासंगको टि-२० सिरिजमा राम्रो प्रदर्शन गरेका थिए।

१६ सदस्यीय टोलीमा करन केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुसन भारी र अदिल अन्सारी पनि रहेका छन् ।

नेपालले जिम्बावे ए सँग तीन वटा एकदिवशीय र तीन वटा टी-२० खेलको शृंखला खेल्दै छ ।

शृंखलाका खेलहरू शनिवारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर