नेपाल वेयरहाउजिङ कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंकबीच सेयर लगानीमा सम्झौता – Nepal Press

नेपाल वेयरहाउजिङ कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंकबीच सेयर लगानीमा सम्झौता

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंकबीच सेयर लगानीमा सम्झौता भएको छ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वैज्ञानिक खाद्यान्न भण्डारण गृह, खाद्यान्न किनबेच र उपयुक्त पूर्वाधार निर्माण गर्ने उद्देश्य लिएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गत पूर्वाधार विकास बैंकको रुपमा दर्ता भएको नेपाल इन्फ्रास्टक्चर बैंकले पूर्वाधार विकासमा स्वपुँजी तथा ऋण लगानी गर्ने उद्देश्य लिएको छ ।

वेयरहाउजिङले सञ्चालन गर्न लागेको र निर्माण भइरहेका परियोजनाहरुको लागत १३९ करोड रहेको छ । सो लगानीमध्ये ९४ करोड ऋण र बाँकी स्वपुँजीबाट परिचालन गरिनेछ । यस कम्पनीको हालको पुँजी २३.३७ करोड रहेकोमा शेयरधनीहरुबाट समेत गरी जम्मा ५५ करोड जुटाइने छ ।

दुई कम्पनीको सम्झौताबमोजिम कूल जारी चुक्ता पुँजी ५५ करोडमध्ये नेपाल इन्फ्रास्टक्चर बैंकले यस कम्पनीमा ५ करोड बराबरको स्वपुँजी लगानी गर्नेछ । अन्य लगानीकर्ताहरुबाट बाँकी हुन आउने ५० करोड जम्मा भएपछि आगामी आर्थिक वर्ष २०७९/८० मा सार्वजिनक निस्काशनबाट कूल पुँजीको २० प्रतिशत हुन आउने १३.७५ करोड बराबरको प्राथमिक सार्वजनिक निस्काशनबाट लगानी जुटाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *