विज्ञहरूको आग्रह, ‘कोरोना कम भएको मात्रै हो, सकिएको होइन, लापर्बाही नगर्नु’ – Nepal Press

विज्ञहरूको आग्रह, ‘कोरोना कम भएको मात्रै हो, सकिएको होइन, लापर्बाही नगर्नु’

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित हुनेहरूको संख्या बढेर फेरि तीन हजारभन्दा बढी हुन थालेको छ ।

केही समय अगाडि दैनिक संक्रमितहरूको संख्या घटेर एक हजारभन्दा कम भएकोमा अहिले फेरि दिन प्रतिदिन बढ्दै गएको छ ।

दैनिक संक्रमितहरूको संख्या फेरि बढ्न थालेपछि स्वास्थ्य विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

विज्ञहरु भन्छन्, ‘अहिले कोरोनाभाइरसको संक्रमण फैलिने क्रम कम भएको मात्रै हो, कोरोनाभाइरस पूर्णरुपमा हटेको होइन, त्यसैले लापर्बाही नगर्नु ।’

धेरै नागरिकले महामारी अन्त्य भएको झै लापर्बाही गरेको पाइएकाले सबैलाई तत्काल सचेत बनाउनु पर्नेमा पनि विज्ञहरूले जोड दिएका छन् ।

एएनआईसँगको अन्तर्वार्ताको क्रममा टाटा इन्स्टीच्युड फर जेनेटिक्स एण्ड सोसाइटी व्याङलोरका निर्देशक डा राकेश मिश्रले कोरोनाभाइरसको महामारी फेरि फैलिन सक्ने बताएका छन् ।

उनले अहिले पनि पहिलेकै जस्तै उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिदै लापर्बाही गरिएमा फेरि अर्को ठूलो क्षति भोग्नु पर्ने चेतावनी दिए ।

उन्ले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा हातमा सेनिटाइजर लगाउने लगायतका कार्य अहिले पनि गर्न सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *