महालक्ष्मी विकास बैंकको बर्दिया शाखा स्थानान्तरित – Nepal Press

महालक्ष्मी विकास बैंकको बर्दिया शाखा स्थानान्तरित

काठमाडौं । महालक्ष्मी विकास बैंकले बर्दियाको राजापूर नगरपालिका- ४ मुख्य चोकमा स्थानान्तरण भएको छ । उक्त शाखाको उद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरेका छन् ।

शाखाको उद्घाटनमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजको उपस्थिति रहेको थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *