खस्किँदो अर्थतन्त्रबारे छलफल गर्छौं: गभर्नर अधिकारी – Nepal Press

खस्किँदो अर्थतन्त्रबारे छलफल गर्छौं: गभर्नर अधिकारी

काठमाडौं । देशको आर्थिक अवस्था बिग्रिँदै गएको छ । आजमात्रै पनि सरकारले देशको वैदेशिक व्यापार घाटा धेरै भएको भनेर माेटरसाइकल, मोबाइल र मदिरालगायत १० वटा वस्तु आयातमा पूर्ण प्रतिवन्ध लगाएको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले पनि देशको व्यापार घाटा बढेको र वैदेशिक मुद्राको सञ्चिती घट्न नदिन करिब १ सय वटा वस्तु आयातमा कडाइ गरेको थियो ।

बुधबार राष्ट्र बैंकले आफ्नो ६७औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकले नेपालको खस्किँदो अर्थतन्त्रबारे छलफल गर्ने भएको छ ।

राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवकाे अवसरमा बुधबार शुभकामना दिँदै गभर्नर महाप्रसाद अधिकारीले शोधनान्तर स्थिरता कामय गर्न आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी व्यवस्थापन र वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने उल्लेख गरेका छन् ।

साेही शुभकामनामा उनले अहिलेको खस्किँदो अर्थतन्त्रबारे पनि छलफल गर्ने जानकारी दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *