बालेन शाहको समर्थनमा रवि लामिछाने: कांग्रेस र एमालेका उम्मेदवारबाहेक अरुलाई मैदान छोड्न आग्रह – Nepal Press

बालेन शाहको समर्थनमा रवि लामिछाने: कांग्रेस र एमालेका उम्मेदवारबाहेक अरुलाई मैदान छोड्न आग्रह

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति समर्थन जनाएका छन् । कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले बालेनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफ्नो पक्षधरता खुलाएका हुन् । चुनावमा कांग्रेस एमाले र बालेन शाहबीच त्रिपक्षीय भिडन्त हुनुपर्ने उनले बताएका छन् ।

लामिछानेले लेखेका छन्, ‘ठूला दल कांग्रेस र एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र व्यक्तिहरु अर्कातिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनका लागि पनि काठमाडौँमा कांग्रेस र एमालेबाहेकका दल र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उम्मेदवार बालेन शाहलाई समर्थन गरी त्रिपक्षीय भिडन्तका लागि मैदान खाली गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *