मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकहरुलाई भरतपुर टाउन रेसिडेन्सीमा छुट – Nepal Press

मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकहरुलाई भरतपुर टाउन रेसिडेन्सीमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकहरुलाई भरतपुर टाउन रेसिडेन्सीमा विशेष छुट दिने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले भरतपुरुमा रहेको भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बारमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा कार्डमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *