विराटनगर महानगर : एमालेबाट मेयर र उपमेयरका उम्मेदवारको मनोनयन दर्ता – Nepal Press

विराटनगर महानगर : एमालेबाट मेयर र उपमेयरका उम्मेदवारको मनोनयन दर्ता

विराटनगर । विराटनगर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरू मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले मनोनयन दर्ता गराएका हुन् ।

थापा एमाले महानगर अध्यक्ष हुन । उपमेयरमा उम्मेदवारी दिने कार्की महानगर उपाध्यक्ष हुन् ।

उम्मेदवारी दर्तापछि थापाले यहाँको डुबानको समस्यालाई हल गरी डुबानमुक्त सहर बनाउने बताए ।

उनले आफूलाई गठबन्धन नभएको उल्लेख गर्दै चुनाव आफैले जित्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर