विवाद पछि अस्कर विजेता विल स्मिथ भारतमा – Nepal Press

विवाद पछि अस्कर विजेता विल स्मिथ भारतमा

मुम्बई । अस्कर विजेता हलिउड स्टार विल स्मिथ थप्पड प्रकरण पछि पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा भारत पुगेका छन् । रिपोर्टका अनुसार उनी यहाँ सद्गुरु जग्गी वासुदेवसँग आध्यात्मिक भेटघाटका लागि आएका हुन् ।

अस्कर अवार्डमा होस्टलाई थप्पड हाने पछि उनको व्यक्तिगत जीवनलाई लिएर समेत चर्चामा आएको छन् । उनको भारत भ्रमण पनि यसैसँग जोडिएको छ ।

थप्पड प्रकरणपछि विल स्मिथ पहिलोपटक मुम्बई पुगेका हुन् । उनी मुम्बईको जुहु मेरियट होटलमा बसेका छन् ।

अन्तराष्टि«य सञ्चारमाध्यमका अनुसार उनले सद्गुरुसँग केही समय बिताउने जनाइएको छ । सद्गुरुसँग विल निकट पनि छन् । यसअघि पनि यी दुईको भेटघाट भइसकेको छ ।

विल र उनकी श्रीमती जाडा पिन्केटबीचको सम्बन्ध अहिले राम्रो चलिरहेको छैन । समाचारका अनुसार अस्कर अवार्डमा भएको विवाद दुवैको सम्बन्धविच्छेदको कारण बनिरहेको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर अस्कर अवार्डको घटनापछि यो विवाद भने गहिरिएको छ ।

दि यो रिपोर्टका अनुसार विल र जाडा अलग भएमा जाडाले विलको आधा सम्पत्ति पाउँनेछिन् । यदि यस्तो भयो भने यो उद्योगमा संसारको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *