सगरमाथालाई नजिकबाट हेरेर दङ्ग परे पवनदीप: भन्छन्- सबैले एकपटक सगरमाथालाई नजिकबाट हेर्नुपर्छ – Nepal Press

सगरमाथालाई नजिकबाट हेरेर दङ्ग परे पवनदीप: भन्छन्- सबैले एकपटक सगरमाथालाई नजिकबाट हेर्नुपर्छ

काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि काठमाडौं आएका भारतीय गायक इन्डियन आइडल विजेता पवनदीप राजनले सगरमाथालाई नजिकबाट नियाल्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै सबैलाई सगरमाथाको माउन्टेन फ्लाइट लिन आग्रह गरेका छ्न् ।

विश्वकै अग्लाे हिमश्रृङ्खलामा चढ्नु सबैको लागि सम्भव नभए तापनि जीवनमा एकपटक सगरमाथा हेर्नकै लागि पनि सबैले माउन्टेन फ्लाइट लिनुपर्ने पवनदीपको भनाइ छ ।

पवनदीपले यसअघि आफू घर जान वा सांगीतिक कार्यक्रममा जानमात्र फ्लाइट लिने गरेको भए तापनि हिमश्रृङ्खलालाई नियाल्न पहिलो पटक लिएको माउन्टेन फ्लाइट आफ्नो जीवनमा सदैव याद रहने फ्लाइटको रुपमा स्थापित हुन गएको बताए ।

पवनदीपले आइतबार काठमाडौंको ठमेलस्थित एक क्लबमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *