माओवादीलाई अध्यक्ष दिन नसकिने भन्दै पाल्पा तिनाउका कांग्रेस नेताको सामूहिक विरोध – Nepal Press

माओवादीलाई अध्यक्ष दिन नसकिने भन्दै पाल्पा तिनाउका कांग्रेस नेताको सामूहिक विरोध

रूपन्देही । पाल्पाको तिनाउ गाउँपालिकामा नेपाली कांग्रेसका ६ वटै वडा सभापति तथा गाउँ सभापतिले माओवादीलाई पालिका नेतृत्व दिन असहमत भएको भन्दै सामूहिक निवेदन जिल्ला नेतृत्वमा बुझाएका छन् ।

गाउँ सभापति प्रेम पाण्डेले सबै वडासभापति तथा आफ्नोसमेत हस्ताक्षरमा कुनै हालतमा माओवादीलाई नेतृत्व बुझाउन नसकिने जानकारी जिल्ला नेतृत्वलाई दिएको नेपाल प्रेसलाई बताए ।

शनिबार पाल्पाका सबै पालिकामा गठबन्धन हुँदा तिनाउ माओवादीको भागवण्डामा परेपछि यहाँका कांग्रेस नेताकार्यकर्ता आन्दोलन सुरू गरेका छन् ।

गाउँ सभापति पाण्डेले लोकतन्त्र र प्रजातन्त्र मान्ने कांग्रेसले माओवादीका लागि राजनीति गर्न नहुने सबैको मत रहेको बताए । उनले कांग्रेस कार्यकर्ताका हात समातेर माओवादीलाई जिताउन नसकिने र जे जति मत आउँछ सबै ठाउँमा उम्मेदवारी दिने दावी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर