सेञ्चुरी बैंकले एकै दिन सञ्चालनमा ल्यायो नयाँ ३ शाखा – Nepal Press

सेञ्चुरी बैंकले एकै दिन सञ्चालनमा ल्यायो नयाँ ३ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  सेवा विस्तार गर्दे थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टाछुटै कार्यक्रमकाबीच उक्त शाखाहरुको शुभारम्भ गरेका हुन् ।

बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं.७ को गुलरिया बजारमा नयाँ शाखाको सुरु गरेको हो ।

बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा १ अर्बभन्दा धेरै भएको हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ । भने, बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *