यू-१९ महिला विश्वकप छनोटः बन्द प्रशिक्षणको पहिलो चरणमा ४४ खेलाडी – Nepal Press

यू-१९ महिला विश्वकप छनोटः बन्द प्रशिक्षणको पहिलो चरणमा ४४ खेलाडी

काठमाडौं । यू–१९ महिला विश्वकप छनोटको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ(क्यान)ले ४४ खेलाडीलाई डाकेको छ ।

क्यानले बिहीबार ४४ खेलाडीको नाम सार्वजानिक गर्दै पहिलो चरणका लागि प्रशिक्षण वैशाख १० देखी पोखरामा हुने जानकारी दिएको छ ।

खेलाडीको रिपोर्टिङ स्थल र थप विवरणका लागि सम्बन्धीत प्रदेश क्रिकेट संघमा सम्पर्क गनुपर्ने र, प्रशिक्षणमा चयन भएका खेलाडीहरुले क्याम्पका लागि रिपोर्टिङ गर्दा उमेर खुलाईएको मूल प्रमाणपत्र पेश गर्नुपर्ने क्यानले जनाएको छ ।

यी हुन् बन्द प्रशिक्षणमा बोलाईएका ४४ खेलाडीः

हेलिसा गुरुङ, किरण कुमारि कुँवर, त्रिसना विश्वकर्मा, अनु काडायत, सवित्रि धामी, आस्मा पुलामि मगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, साना प्रभिन, यसोदा बिष्ट, अलिसा यादव, बिमला महरा, अलिस कुमारी कडरीया, हिरानमायी रोय, स्नेहा महरा, मनिसा उपाध्याय, बिना थापा, अन्जिली थापा, मनिसा चौधरी, बिपिसा शाही, ज्यातिस्का मरासैनी, कुसुम गोदार, यसु पाण्डे, ज्याति दनुवार, मधु राउत, श्रीमी सिंह थारु, भवानी कुमारी, सोनि पाख्रिन, प्रिया मलहा, सोनिया थापा, मनिसा राना मगर, दिक्षा पुरी, नितु जिटी, सुस्मिता भुसाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाई, श्रृष्टी जैसी, अन्जली शाह, कृतिका मरासैनी, निशा शाह, आङ पेम्ब लिमु शेर्पा, टिका शाह, प्रज्ञा कटुवाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर