सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार (भिडिओ) – Nepal Press

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार (भिडिओ)

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार भएको छ ।

मूत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका संक्रमणहरु कम भइसकेको किस्ट अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशी संक्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए । उनले केहि समयमा नै डिस्चार्ज गरिने बताए ।

जोशी एक सातादेखि किस्ट अस्पतालमा उपचाररत छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *