आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि – Nepal Press

आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि

धनगढी । विभागीय टोली नेपाल आर्मी क्लबले मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

फाइनलमा आर्मीले एपीएफलाई ४०–१६ अंकले हराएको हो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।

उपविजेता एफीएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थानमा रहे । दुइटै टोलीले ४०/४० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमल पन्तको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रमका विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर