कार्यालय फर्केर महाप्रसादले भने- आग्रह-पूर्वाग्रह राख्दिनँ, सबैप्रति आभारी छु (भिडिओ) – Nepal Press

कार्यालय फर्केर महाप्रसादले भने- आग्रह-पूर्वाग्रह राख्दिनँ, सबैप्रति आभारी छु (भिडिओ)

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यालय फर्केका छन् । आज राष्ट्र बैंकमा पुनर्वहाली गर्दै उनले कसैप्रति आग्रह-पूर्वाग्रह नराखी काम गर्ने बताए ।

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै अधिकारीले राष्ट्र बैंकको स्वायत्तता र देशको अर्थतन्त्रका विषयमा संवेदनशिलता देखाएकोमा सबैप्रति आभार प्रकट गरेका थिए ।

उनले भने, ‘सञ्चारमाध्यम, नागरिक समाज, सामाजिक सञ्जाल र केही राजनीतिक नेतृत्वबाट समेत विषयको संवेदनशिलता महसुस गरेर सरोकार देखाइएकोमा आभारी छु ।’

आफ्नो निवेदन सर्वोच्चमा विचाराधीन नै रहेको हुँदा यस विषयमा धेरै नबोल्ने उनले बताए ।

‘हामी व्यक्तिभन्दा पनि संस्था हौं । यो सिस्टमका लागि आएको आदेश हो । म त एउटा माध्यम मात्रै हुँ । विभिन्न घटना-परिघटनाले यस्तो स्थिति ल्याउँछन् । हामीले जिम्मेवारी निर्वाह गर्दा सबैसँग आवश्यक समन्वय सम्पर्क गरिरहने छौं । आग्रह-पूर्वाग्रह राखेर काम गर्ने भन्ने हुँदैन । यसमा सतर्क रहनेछौं,’ उनले भने ।

सर्वोच्च अदालतले अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *