सरकारी निकायमा आजबाट इन्धन खर्च कटौती, व्यापार घाटा नियन्त्रण गर्ने उद्देश्य – Nepal Press

सरकारी निकायमा आजबाट इन्धन खर्च कटौती, व्यापार घाटा नियन्त्रण गर्ने उद्देश्य

काठमाडौं । सरकारले आजबाट २० प्रतिशत इन्धन खर्च कटौती गरेको छ । अर्थमन्त्रालयले मन्त्रालय/निकाय, सरकारसँग सम्बद्ध संघसंस्थालाई सूचना जारी गरेर २० प्रतिशत इन्धन कटौती गर्न निर्देशन दिएको हो ।

गत चैत ३० गतेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षको इन्धन शीर्षकमा विनियोजित बजेटमा थप कटौती गर्ने निर्णय गरेको थियो ।

व्यापार घाटा नियन्त्रण र वैदेशिक मुद्रा सञ्चितीको चापलाई मध्यनजर गरेर यो निर्णय गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

इन्धन कटौतीको यो निर्णय निर्णय अतिआवश्यक सेवा, विकासे आयोजना, शान्ति सुरक्षा र स्थानीय निर्वाचनमा भने लागू हुने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *