कर्मा छिरिङको नामै किटेर गणेश थापाले भने- म र परिवारलाई दिएको पीडा अन्त्य हुनुपर्छ – Nepal Press

कर्मा छिरिङको नामै किटेर गणेश थापाले भने- म र परिवारलाई दिएको पीडा अन्त्य हुनुपर्छ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) पूर्वअध्यक्ष गणेश थापाले विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्ध बाबजुद आफू अब फुटबल गतिविधिमा अगाडि बढ्ने बताएका छन् ।

२०७२ सालमा फिफाले एन्फाका तत्कालीन अध्यक्ष थापामाथि १० वर्ष प्रतिबन्ध लगाएको थियो । एसियाली फुटबल महासंघ (एएफसी) र फिफाको निर्वाचनमा घुस लिएको थापामाथि आरोप लागेको थियो ।

त्यतिबेला वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि थापाले भ्रष्टाचार गरिरहेको भन्दै संसदीय समितीमा समेत उजुरी गरेका थिए। नेपालमा आन्तरिक छानबिन चलिरहेकै समयमा फिफाले थापामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको थियो ।

थापा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत हुन् ।

सोमबार उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘एन्फाका वर्तमान नेतृत्व कर्मा छिरिङ शेर्पाले मलाइ कपोकल्पित लगाएको आरोप को कारणले गर्दा विगत सात वर्षदेखि म र मेरो परिवारले जुन पीडा भोगेको छ अब यसको अन्त्य हुनुपर्दछ । म अब अगाडि बढेँ वैशाख ७ गते पत्रकार सम्मेलन गरी योजना र कार्यक्रम सार्वजनिक गर्नेछु । सबैमा नयाँ वर्षको हार्दिक शुभकामना ।’

फिफाले फुटबल गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगाएको अवस्थामा थापा कसरी अगाडि बढ्छन्, हेर्न बाँकी छ । एन्फाको चुनाव निकट भविष्यमै हुने भएकाले पनि थापाको पछिल्लो घोषणालाई निर्वाचन रणनीतिको रूपमा बुझ्न सकिने नेपाली फुटबल जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर