राष्ट्रिय चलचित्र पुरस्कार : दीपकराज र सुरक्षा बने सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, उत्कृष्ट चलचित्र ‘आमा’ – Nepal Press

राष्ट्रिय चलचित्र पुरस्कार : दीपकराज र सुरक्षा बने सर्वोत्कृष्ट अभिनेता–अभिनेत्री, उत्कृष्ट चलचित्र ‘आमा’

काठमाडौं । चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कारमा दीपेन्द्र के खनालद्वारा निर्देशित चलचित्र ‘आमा’ सर्वोत्कृष्ट ठहरिएको छ । सर्वोत्कृष्ट अभिनेता र अभिनेत्रीको पुरस्कार दीपकराज गिरी र सुरक्षा पन्तले पाएका छन् ।

गिरीले २०७६ सालमा निर्मित चलचित्र ६ माया छपक्कैबाट उत्कृष्ट अभिनेता ठहरिएका हुन् । यस्तै, आमाबाट सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाइन् ।

यस्तै आमा चलचित्रबाटै दीपेन्द्र के खनालले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । प्रदीप भट्टराईले सर्वोत्कृष्ट कथाकारको अवार्ड जात्रैजात्राबाट पाएका छन् ।

शीतल निवासमा आयोजित कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार वितरण गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *