बोलोग्नासँग बराबरीमा रोकियो युभेन्ट्स
काठमाडौं । इटालियन सिरी ए फुटबलमा शनिबार राति भएको खेलमा युभेन्ट्स बोलोग्नासँग १-१ अन्तरको बराबरीमा रोकिएको छ ।
युभेन्ट्स ९ खेलाडीमा सिमित बोलोग्नासँग अन्तिम समयमा गोल गर्दै हारबाट जोगिएको थियो ।
खेलको ५२औं मिनेटमा मार्को अर्नुटोभिचले गोल गर्दै बोलोग्नालाई अग्रता दिलाए । इन्जुरी समयमा डुसन भ्लाहोभिचले गोल गरेपछि युभेन्ट्सलाई बराबरीमा ल्याए ।
खेलको ८४औं मिनेटमा दुई खेलाडीले रातो कार्डको सामना गरेपछी बोलोग्ना ९ खेलाडीमा समेटिएको थियो ।
बराबरीसँगै युभेन्ट्सले ३३ खेलमा ६३ अंक जोडेर चौंथो स्थानमा छ । बोलोग्ना ३८ अंक जोडेर १३ औं स्थानमा छ ।
गय रातिका अन्य खेलमा टोरिनो र लाजियोले १(१ गोलको बराबरी खेले । फिओरेन्टिनाले भेनेजियालाई १(० अन्तरले हरायो ।