लन टेनिस टोली भारत जाँदै – Nepal Press

लन टेनिस टोली भारत जाँदै

काठमाडौं । आईटीएफ वर्ल्ड जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लन टेनिस टोली शनिवार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ ।

वैशाख ५ देखि १० गतेसम्म हुने यु–१४ उमेर समूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको प्रतिनिधित्व गर्ने छन् । प्रशिक्षकमा रामेश्वर थापा छन् ।

नेपालले दुई सिंगल्स र एक डबल्समा खेल खेल्नेछ ।
गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलङ्काको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेस्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थियो ।

टेनिस टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सात दोबाटोमा शुक्रवार एक कार्यक्रमबिच बिदाइ गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर