भारतमा फेरि बढ्यो कोरोना, दिल्लीका केही विद्यालय बन्द गरिए – Nepal Press

भारतमा फेरि बढ्यो कोरोना, दिल्लीका केही विद्यालय बन्द गरिए

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो दिनहरुमा पुन: कोरोना संक्रमणदर बढ्दै गएको छ । योसँगै कोरोना महामारीको चौथो लहर सुरु हुन लागेको अनुमान गर्न थालिएको छ ।

भारतका कुल ७३४ जिल्ला मध्ये हाल २९ जिल्लामा कोरोना पोजेटिभ हुनेको दर ५ प्रतिशतभन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशतभन्दा बढी र ८ जिल्लामा २० प्रतिशतभन्दा बढी रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५ प्रतिशतभन्दा बढीको संक्रमणदरलाई चिन्ताजनक अवस्थाको रुपमा लिने गरिन्छ । भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजारभन्दा बढी संक्रमित थपिएको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।

कोरोना संक्रमणदर बढ्दै गए पछि भारतमा आगामी महिना संचालन हुने भनिएको सिबीएसईको परिक्षासमेत सर्न सक्ने बताइएको छ भने नयाँ दिल्लीस्थित केही विद्यालयहरु पुनः बन्द भएका छन् ।

भारतमा हालसम्म ४ करोड ३० लाख मानिस कोरोना संक्रमित भएका छन् भने ५ लाख छ हजार मानिसले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छ्न् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *