मणिग्राममा बन्यो साढे दुई अर्बको सपिङ कम्प्लेक्स – Nepal Press

मणिग्राममा बन्यो साढे दुई अर्बको सपिङ कम्प्लेक्स

रुपन्देही । रुपन्देहीको मणिग्राममा एकै व्यक्तिले साढे दुई अर्ब लगानीमा सपिङ कम्प्लेक्स संचालन गरेका छन् ।

तिलोतमा नगरपालिका– राधाकृष्ण टोलमा साढे दुई बिगाह क्षेत्रफलमा स्थानीय नारायण बन्जाडेले रुपन्देहीमै पहिलोपटक यति ठूलो लगानीको कम्प्लेक्स संचालन भएको बताए ।

नारायण बन्जाडेलाई उनका २८ वर्षीय छोरा आभास बन्जाडेले साथ दिएका छन् । विदेशमा पढेर आएका उनी आफ्नै देशमा केही गरेर देखाउने उद्देश्यका साथ नयाँ योजनाको व्यवसाय संचालनका लागि तयार भएका हुन् । आइएनजीए सपिङ कम्प्लेक्स प्रालि नाम रहेको यो कम्प्लेक्समा खाद्य पदार्थ, लत्ताकपडादेखि घरमा प्रयोग हुने सबै सामग्री एउटै छानामुनि राखिएको छ ।

प्रालिका संचालक नारायण बन्जाडेले तिन चरणमा संचालन हुने मार्केटमा पहिलो चरणमा बैशाख १ गतेदेखि घरायसी समानहरु खाद्यान्न, लत्ताकपडालगायत आवश्यक सम्पूर्ण समानहरु सुरु गरेको बताए । यो कम्प्लेक्समा साथै एकै पटक चार सय जनाले सेवा लिन सक्ने रेष्टुरेन्ट पनि संचालनमा आउने छ ।

दोसो चरणमा लेडिज तथा जेन्सहरुका लागि आवश्यक बुटिकका सामानहरुदेखि लिएर लेडिड एण्ड जेन्स पार्लर, कस्मेटिकलगायतका पसलहरु रहेको मार्केट संचालनमा आउने छ । यो मार्केट बैशाखको अन्त्यमा संचालनमा आउने छ । तेस्रो चरणमा घर, होटल, अफिस लगायतका स्थानहरुमा आवश्यक पर्ने फर्निचरका समानहरुको सोरुमको शुभारम्भ गर्ने बन्जाडेले बताए ।

एकै छानामुनि सबै प्रकारका समानहरु पाइने यो नेपालकै ठूलो मार्केट रहेको उनले दाबी गरे । दुई लाख स्क्वायर फूट क्षेत्रफल रहेकोमा ८० हजार स्क्वायर फूट क्षेत्रफलमा मार्केट रहेको छ । ८० हजार स्क्वायर फुट क्षेत्रफलमा फैलिएको यो नै पहिलो मार्केट रहेको उनले दाबी गरे । अहिले १ सय स्थानीयलाई रोजगारी दिएको यो मार्केट फूलफेजमा संचालनमा आउँदा २ सय जनाले रोगगारी पाउने उनले बताए ।

मार्केटबाट ग्राहकले घरमै बसी बसी सुबिधा लिनसक्ने योजना बनाइएको छ । कम्पनीले घरघरमै पुगेर पनि सेवा दिने गरी काम गर्न गैरहेको बन्जाडेले बताए । एउटै छानामुनी रहेको यो मार्केट जिल्लाको लागी एउटा साईट सिन पनि बन्न सक्ने उनले दाबी गरे । विभिन्न जिल्लाहरुबाट अवलोकन भ्रमणका लागि आउने आन्तरिक पर्यटकहरुका लागि अवलोकन गर्न मिल्ने खालको मार्केट बनेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *