एन्फाको फेसबुक पेज ह्याक – Nepal Press

एन्फाको फेसबुक पेज ह्याक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज (ह्याक) भएको छ ।

विहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्वीटरमार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर, यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *