वर्षको अन्तिम दिन सेयर बजार हरियो – Nepal Press

वर्षको अन्तिम दिन सेयर बजार हरियो

काठमाडौं । वर्ष २०७८ को अन्तिम कारोबारको दिन शुक्रवार नेप्से ३० दशमलव २४ अङ्क बढेर २४१५ दशमलव २५ बिन्दुमा बन्द भएको छ ।

हप्ताको अन्तिम कारोबार हुनुका साथै २०७८ सालको पनि अन्तिम कारोबारको दिन शुक्रवार बजार हरियोमा बन्द हुँदा लगानीकर्तामा केही राहत महसुस भएको छ ।

यसरी लगातार घटेको बजारदेखि दिक्क भएका लगानीकर्ता यस वर्षको अन्तिम दिन भने बजारले केही खुसीयाली दिएको छ । बुधवारको दिन बजारमा २२९ वटा कम्पनीको सेयर कारोबार हुँदा १८५ वटा हरियो, ३२ वटा रातो र ११ वटा स्थिर छन् ।

कारोबारको रकम भने मङ्गलवारको तुलनामा भन्दा पनि कमी आएको छ । शुक्रवार दुई सय २२९ वटा कम्पनीको २८९४५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ४७ करोड बराबरको भएको छ ।

अत्यधिक बढ्नेमध्ये आदर्श इन्डेक्स २ दशमलव २८ प्रतिशत, माइक्रो इन्डेक्स २ दशमलव १४ प्रतिशत र होटेल इन्डेक्स १ दशमलव ५८ प्रतिशतले बढेको छ । सधैँ जसो शुक्रवार पनि नेश्डो लघुवित्तले भने १० प्रतिशत बढेर २२६२।७ मा अन्तिम कारोबार भएको छ ।

यसै गरी अत्यधिक बढ्नेमध्ये आर यम डिशी लघुवित्त ८ दशमलव ९८ प्रतिशतले बढ्दा १०४२, राष्ट्र उत्थान लघुवित्त ७ दशमलव १९ प्रतिशतले बढ्दा १४००, मिथिला लघुवित्त ६ दशमलव ४९ प्रतिशतले बढ्दा १५००, स्वावलम्बन लघुवित्त ६ दशमलव ३ प्रतिशतले १२१५ मा र जाल्पा लघुवित्त ६ दशमलव ११ प्रतिशतले बढ्दा अन्तिम कारोबार ५२१ मा भएको छ।

यसै गरी, अत्याघिक घट्नेमध्ये युनाइटेड इद मार्दी हाइड्रो २० अंक घट्दा ९४८ मा नयाँ सारथि लघुवित्त १९ अंक घट्दा ९८० मा र शिव श्री हाइड्रो ४ अंक घट्दा २९६ मा अन्तिम कारोबार भएको छ । अत्याधिक कारोबार हुने मध्ये शिवम् सिमेन्ट आठ करोड ४३ लाख बराबरको र अरुण हाइड्रो पावर पाँच करोड २१ लाख बराबरको भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *