भारतीय चलचित्रको मारमा ए मेरो हजुर ४ : मल्टिप्लेक्समा पाएन पर्याप्त शो – Nepal Press

भारतीय चलचित्रको मारमा ए मेरो हजुर ४ : मल्टिप्लेक्समा पाएन पर्याप्त शो

काठमाडौं । प्रदशोन्मूख चलचित्र ‘ए मेरो हजुर ४’ दक्षिण भारतीय चलचित्रको पेलाईमा परेको छ ।

आगामी १ वैशाखबाट रिलिज हुन लागेको यस चलचित्रलाई हल सञ्चालकहरूले न्यून शो उपलब्ध गराएका छन् ।

वैशाख १ मा नै दक्षिण भारतीय चलचित्र केजीएफ च्याप्टर २ रिलिज हुँदै छ । मल्टिप्लेक्सहरुमा उक्त चलचित्रलाई ठूलो स्पेस दिइएपछि ए मेरो हजुर ४ मारमा परेको हो । अपेक्षित संख्यामा शो नपाउँदा चलचित्रको व्यापारिक सफलतामा शंका उत्पन्न भएको छ ।

क्युएफएक्सले केजीएफका लागि देशभर ८४ शो दिएको छ भने ए मेरो हजुर ४ लाई २८ शोमा खुम्च्याएको छ ।

उपत्यकाको मल्टीप्लेक्स चेन बिग सिनेमाले पनि केजीएफको लागि १३ वटा शो छुट्याउँदा ए मेरो हजुर लाई जम्मा ४ शो दिएको छ । यसै गरी एफक्युबमा केजिएफले १४ शो र ए मेरो हजुर ३ शो पाएका छन् ।

क्युएस, सिडीसी, वान सिनेमा र बिएसआरमा पनि ए मेरो हजुर ४ ले पर्याप्त शो पाउन सकेन । प्राप्त गरेका शोमा पनि यस चलचित्रको प्रि–बुकिङ कमजोर देखिएको छ ।

भारतीय सिनेमा भने ३ दिनसम्मको लागि हाउसफुल भइसकेको काठमाडौंका एक हल सञ्चालकले नेपाल प्रेसलाई जानकारी दिए ।

दर्शकहरूको माग अनुसार नै शोहरुको बाँडफाँड हुने ती हल सञ्चालकको दाबी गर्छन् ।

अहिले भारतीय सिनेमाको बढ्दो आकर्षण हेर्दा दोस्रो दिनबाटै ए मेरो हजुरको शो थप घटाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *