एकै ओभरमा ६ विकेट ! – Nepal Press

एकै ओभरमा ६ विकेट !

काठमाडौं। लगातार कति बलसम्म विकेट लिन सकिएला ? लगातार तीन विकेट लिएर ह्याट्रिक गरेका थुप्रै घटना छन्।
तर एकै ओभरमा ६ विकेट लिएको कमै सुन्नु भएको होला।

भैहरवामा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपअन्तर्गत सोमबार पुस स्पोर्टस दिल्लीविरुद्ध मलेसिया क्लब- ११ ले एकै ओभरमा ६ विकेट हात पार्‍यो।

२० औँ तथा अन्तिम ओभरमा पुस स्पोर्टस दिल्लीले ६ विकेट गुमाएको थियो। विरनदिप सिंहले २० औँ ओभरको पहिलो बल वाइड फ्याँकेका थिए। अर्को बलमा उनले क्याच आउट गराँउदै विकेट लिए।

वैध दोस्रो बलमा पुस स्पोर्टस दिल्लीका ब्याट्सम्यान रन आउट भए। त्यसपछिका लगातार चार बलमा विरनदिपले विकेट लिएका थिए। तीमध्ये तीन ब्याट्सम्यान बोल्ड आउट भएका थिए भने एक जना क्याच आउट भए।

उनीहरु कसैले पनि खाता खोल्न सकेनन्। पुस स्पोर्टसलाई एक सय ३२ रनमा सिमित गरेको मलेसिया क्लब ७ विकेटले विजयी भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर