सिटी र लिभरपुलले अंक बाँडे – Nepal Press

सिटी र लिभरपुलले अंक बाँडे

काठमाडौं । दुई पटक बनाएको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले लिभरपुलसँग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले दुई पटक अग्रता बनाएको थियो । तर, भ्रमणकारी टोली खेलमा फर्कन सफल भयो ।

सिटीको लागि केभिन डि ब्रुएन र ग्राबियल जिससले गोल गरे भने लिभरपुलको लागि डिएगो जोटा र साडियो मानेले गोल गरे ।

पाँचौं मिनेटमा डी ब्रुएनले सिटीलाई अग्रता दिलाए । १३औं मिनेटमा जोटाले बराबरी गोल गरे । ३६ औं मिनेटमा ग्राबियलले गोल गर्दा सिटीले पुनः २-१ को अग्रता बनायो । तर, दोस्रो हाफ सुरू भएलगत्तै मानेले गोल गर्दै खेल २-२ को बराबरी ल्याए ।

बराबरीसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट ७३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर