भारतीय मिडियामा समाचार- नेपाल श्रीलंकाको बाटोमा, नेपालीहरु भोक र प्यासले तड्पिरहेका छन् – Nepal Press

भारतीय मिडियामा समाचार- नेपाल श्रीलंकाको बाटोमा, नेपालीहरु भोक र प्यासले तड्पिरहेका छन्

काठमाडौं । भारतका अधिकांस सञ्चारमाध्यम मानौं छिमेकी मुलुकका नकारात्मक समाचार हाल्न कुरेर बसेका हुन्छन् ।

अन्य देशका सकारात्मक विषयलाई कहिल्यै महत्व भारतीय टेलिभिजन प्रस्तोताहरु कुनै नकारात्मक परिघटना हुनासाथ ठूलो स्वरमा फलाक्न थालिहाल्छन् ।

अहिले नेपालका विषयमा यस्तै समाचार र टिप्पणीहरु भारतीय टेलिभजनमा देखिन थालेका छन् । हालै न्युज २४ नामक एक भारतीय टेलिभिजनले नेपालमा भयानक आर्थिक संकट उत्पन्न भएको भन्दै रिपोर्ट प्रशारण गरेको छ । नेपाल निकट भविष्यमा नै श्रीलंकाको बाटोमा जाने उक्त रिपोर्टको निस्कर्ष छ ।

रिपोर्टमा भनिएको छ, ‘नेपालको विदेशी मुद्रा कोष खाली हुन लागेकोले नेपालमा श्रीलंका जस्तै भोकमरीको अवस्था आउन सक्छ । त्यसको लक्षण देखा पर्न सुरु भइसकेको छ ।’

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा अत्याआवश्यक बाहेकका विलासी वस्तुहरुमाथि आवधिक रोक लगाएको विषयलाई रिपोर्टमा तोडमोड गरी अतिरञ्जित ढंगले प्रस्तुत गरिएको छ ।

नेपालीहरु भोक र प्यासले तड्पिरहेको दावी गर्दै समाचारमा नेपाल श्रीलंकाजस्तै बर्बादीतिर धकेलिएको समाचारमा उल्लेख छ ।

समाचार प्रस्तोता चिच्याउँदै भन्छिन्, ‘नेपालमे भुकमरीके चिंगारी भड्कने लगे हे । नेपालका विदेशी मुद्राकोष खाली होने लगा है । तस्वीर साफ है, नेपाल भुक ओर प्यास से तडपने लगा है । नेपालकी सडको पर भुककी आग लगने लगि है । नेपालमै त्राहीमाम मच्ने बाला है । किसी वक्त नेपालमै बरवादीका बम फट सक्ता है ।’

उक्त टेलिभिजनले नेपालमा विगतका राजनीतिक आन्दोलनमा भएका प्रदर्शनका फुटेजहरुलाई दुरुपयोग गरिएको छ । ती प्रदर्शनलाई नेपालमा भोकमरि विरुद्ध जनता सडकमा उत्रेको भन्दै दुष्प्रचार गरिएको छ ।

रिपोर्टले नेपालको व्यापार घाटा चुलिएको, कोभिड महामारीले आक्रान्त तुल्याएको, पर्यटनमा गिरावट लगायतका आधारहरु देखाएरु नेपालको ढुकुटी रित्तिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

One thought on “भारतीय मिडियामा समाचार- नेपाल श्रीलंकाको बाटोमा, नेपालीहरु भोक र प्यासले तड्पिरहेका छन्

  1. Sabai desh bhakta Nepali daju Bhai didi bhaini haru le Aarthic esthiti ko kurama serious hunu pare ko cha neta lagayat hami sabi le Nepal ko economic conditions, SriLanka ko jasto nhuna Dina ma kk shayog garna garaunan parcha garrau. Jagau jagau jagau..

    Romani lekhai ma Chama Pau

Leave a Reply

Your email address will not be published. Required fields are marked *