टी-२० वरियतामा नेपालको सुधार, उक्लियो १२ औँ स्थानमा – Nepal Press

टी-२० वरियतामा नेपालको सुधार, उक्लियो १२ औँ स्थानमा

काठमाडौं । नेपाल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरियतामा १२ औँ स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइतबार ताजा वरियता सार्वजनिक गरेको हो । नेपाल एक स्थानमाथि उक्लिएको छ।

घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेपछि नेपालको वरियता सुधार भएको हो ।

विश्व वरियतामा भारत शीर्षस्थानमा छ । इङ्गल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौँ, अस्ट्रेलिया छैटौँ, वेस्ट इन्डिज सातौँ, अफगानिस्तान आठौँ, बङ्गलादेश नवौँ, श्रीलङ्का दशौँ र जिम्बावे ११ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर