मेस्सीको तीन असिस्टमा नेमार र एमबाप्पेको ह्याट्रिक – Nepal Press

मेस्सीको तीन असिस्टमा नेमार र एमबाप्पेको ह्याट्रिक

लन्डन । फ्रान्सको प्रिमियर लिग फुटबल लिग वानअन्तर्गत शनिबार राती भएको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले क्लरमन्टलाई ६–१ गोलले हराएको छ।

क्लरमन्टको मैदानमा भएको खेलमा पीएसजीका केलियन एमबाप्पे र नेमारले ह्याट्रिक गरे। लियोनल मेस्सीले तीनवटा असिस्ट गरे। एमबाप्पेको दुई र नेमारको एक गोलमा उनले असिस्ट गरेका हुन्। नेमारको तेस्रो खेलमा एमबाप्पे र एमबाप्पेको तेस्रो गोलमा नेमारले असिस्ट गरेका थिए।

पीएसजीले लगातार दोस्रो खेलमा गोल वर्षा गरेको हो। अघिल्लो खेलमा लोरियन्टलाई ५-१ गोलले हराएको थियो। त्यस खेलमा नेमार र एमबाप्पेले दुई दुई तथा मेस्सीले एक गोल गरेका थिए। एमबाप्पेले तीन गोलमा असिस्ट पनि गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर