धरानमा ‘बन्द बाक्सा’ मञ्चन हुने – Nepal Press

धरानमा ‘बन्द बाक्सा’ मञ्चन हुने

काठमाडौं । रङ्गकर्मीहरुको उदगम स्थल भनेर चिनिने धरानमा केही वर्षयता नाटक मञ्चन लगभग बन्द भएको स्थितिमा रहेको बेला पछिल्लो समय भने नयाँ पुस्ताका रङ्गकर्मीहरुको सकृयता बढेको छ ।

केही वर्ष अघिदेखि धरानको रंगभूमी एकेडेमीले नाटय गतिविधिलाई चलायमान बनाउँदै आएको छ । यही क्रममा यही चैत्र २७ गतेदेखि रंगभूमि एकेडेमीकै आयोजनामा वैदशिक रोजगारीमा गएका नेपाली तथा उनीहरुको परिवार र सिंगो समाजले व्यहोर्नु परिरहेको परिवेश र स्थितिलाई यथार्थ चित्रण गर्ने नाटक ‘बन्द बाकस’ मञ्चन हुने भएको छ ।

लीलबहादुर क्षेत्रीको उपन्यास ‘बसाइँ’ लाई नाटय कथामा रुपान्तरण गरी निर्देशन मिलन चाम्लिङ राईले गरेका हुन् । नाटक धरान १० स्थित सैनिक भवनमा चैत्र २७ देखि बैशाख ३ गतेसम्म मञ्चन हुने निर्देशक राईले बताएका छन् ।

तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवदीको व्यवस्थापन रहने नाटकमा हरी इवाहाङ लिम्बु, सम्झना राई, रमिता राई, विशाल नाल्बो, उदिप इवाहाङ, एसिका राई, दिपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रीयङ्का राई र इन्द्र राईको अभिनय रहनेछ । एक घण्टा २० मिनेटको नाटकको टिकट शूल्क तीन सय र दुई सय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *