स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडको सहभागिता – Nepal Press

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडको सहभागिता

काठमाडौं । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ ।

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।

चैत्र १८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ-बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । यसैक्रममा२३ गते सो फेष्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।

डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

एनआइबिएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन , व्यवसायको सम्भाव्यता अध्ययन गर्ने,पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *