डिस्चार्ज भए महन्थ ठाकुर – Nepal Press

डिस्चार्ज भए महन्थ ठाकुर

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर डिस्चार्ज भएका छन ।

स्वास्थ्यलाभपछि उनी आज दिउँसो डिस्चार्ज भएको लोसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिए ।

पार्टी कार्यक्रमका लागि भैरहवा गएका बेला हिजो अध्यक्ष ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएको थियो । त्यसपछि उनलाई हिजो नै उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *