भाेलिदेखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै – Nepal Press

भाेलिदेखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको शुभारम्भ गरेका छन् ।

रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको शुभारम्भ गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ ।

यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई दिइनेछ । ७५ लाख बालबालिकालाई शुक्रबारदेखि खोप दिइदैछ ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ ।

नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *