रचना रिमालसँग क्रिकेट संवाद : क्रिकेटरसँग डेटिङ जान्न, मन पर्ने खेलाडी करण – Nepal Press

रचना रिमालसँग क्रिकेट संवाद : क्रिकेटरसँग डेटिङ जान्न, मन पर्ने खेलाडी करण

काठमाडौं । खेल प्रेमी गायिका हुन् रचना रिमाल । फुटबल भनेपछि हुरुक्क हुने उनी पछिल्लो समय क्रिकेटतिर पनि लोभिन थालेकी छन् ।

तीन दिनअघि उनी नेपाल र पपुवान्यूगिनीबीचको टी–२० फाइनल म्याच हेर्न कीर्तिपुर क्रिकेट मैदानमै पुगिन् । दर्शकदिर्घामा बसेर हुटिङ गरिन् । कप्तान सन्दीप लामिछानेसँगै ट्रफी समातेर फोटो सेसन गरिन् । यस विषयमा विभिन्न गसिपहरु पनि बने । उनलाई नेपाल क्रिकेट संघले स्पष्टीकरण सोधेको भनेर फेक न्युजहरू पनि फैलिए । यसबाट दुखी बनेकी छिन् रचना ।

आफू विशुद्ध रूपमा नेपाली क्रिकेट टिमको हौसला बढाउन मैदान पुगेको उनले बताइन् । रचनाको भनाइमा उनले नेपालबाहेक अरू देशबीचको क्रिकेट हेर्ने गरेकी छैनन् । फुटबलमा भने उनी अर्जेन्टिनालाई समर्थन गर्छिन् ।

रचनासँग पहिलो पटक मैदानमा पुगेर क्रिकेट हेर्दाको अनुभव र उनको खेल प्रेममाथि केन्द्रित भएर गरिएको कुराकानी :

नेपाल र पपुवा न्यूगिनीबीचको फाइनल म्याच मैदानमै पुगेर हेर्दा कस्तो महसुस भयो ?

– एकदम रमाइलो भयो । फोटो खिच्न मान्छेहरू धेरै आइराख्नुभएको थियो । भीड धेरै भएर मलाई भित्रबाट बोलाउनुभयो अनि म भीआइपी बक्समा गएँ । खेल सकिएपछि अरूसँगै मैदानमा आएर फोटो खिचाएँ ।

गेम हेरिराख्दा स्पेसल लागेको पल कुनै छ ?

चौका, छक्का हान्दा रमाइलो लागिहाल्छ । अरू त स्पेसल त्यस्तो केही छैन ।

योभन्दा अगाडि पनि गेमहरू हेर्न जानुहुन्थ्यो ?

फुटबल धेरै हेरेको छु, तर क्रिकेट प्रत्यक्ष हेरेको पहिलो पटक हो । नजिकबाट हेर्दा कस्तो हुन्छ भन्ने कौतुहलता थियो । त्यही भएर गएकी थिएँ ।

पहिलो चोटि हेर्न जाँदा नै गसिपको सिकार हुनुभयो, के भन्न चाहनुहुन्छ ?

यो कुरामा चैँ अलिकति मलाई नराम्रो लाग्यो । कति जनालाई मसँग रिस उठेको थियो । होला त्यसैले समाचार बनाइदिनुभयो । म त मात्र नेपाली क्रिकेट टिमलाई समर्थन गर्न गएको थिएँ । फुटबल हेर्न जाँदा कहिल्यै यस्तो भएको थिएन । अब फेरि कसरी जाने होला भइराखेको छ ।

अब फेरि जानुहुन्छ कि जानुहुन्न हेर्न ?

म त भ्याएसम्म सधैँ जान्छु, सधैँ टिमलाई सपोर्ट गर्छु ।

क्यानले स्पष्टीकरण सोध्यो भन्ने फेक न्युज कसरी थाहा पाउनुभयो ?

मलाई थाहा छैन यो कसले पहिला हाल्नुभयो । तर हाल्ने जति जो–जो पनि हुनुहुन्छ, उहाँहरूमाथि चैँ म प्रेस काउन्सिलमा निवेदन पठाउँदै छु ।

तपाईँले क्रिकेट फलो गर्न थाल्नु भएको कति भयो ?

नेपालले ओडिआई खेल्न थालेदेखि फलो गरेको हुँ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा कुन राष्ट्रलाई धेरै सपोर्ट गर्नुहुन्छ ?

म त नेपाल खेल्यो भने मात्र हेर्ने हो, अरूको वास्ता छैन ।

तपाईँलाई मन पर्ने नेपाली खेलाडी को हो ?

मलाई करण केसी एकदमै मन पर्छ ।

विदेशीमा ?

अरू देशको क्रिकेट म फलो गर्दिनँ । फुटबलमा चैँ रोनाल्डो र मेस्सी मन पर्छ ।

नेपालका क्रिकेट खेलाडीहरूलाई कत्तिको चिन्नुहुन्छ ?

म भर्खर चिन्न थालेको छु ।

कोहीसँग पर्सनलि नजिक हुनुहुन्छ ?

त्यसरी पर्सनली नजिक त कोहीसँग छैन ।

आफूले कहिल्यै क्रिकेट खेल्नुभएको छ ?

अहिले त छैन, बच्चा हुँदा चैँ खेल्थे ।

टिभी, मोबाइलमा कत्तिको हेर्नुहुन्छ क्रिकेट ?

भर्खर–भर्खर हेर्न थालेको हो । पहिला त के हेरेको होला मान्छेले छ्या भनेजस्तो लाग्थ्यो ।

तपाईँलाई सबैभन्दा मन पर्ने खेल कुन हो ?

मलाई फुटबल एकदमै मन पर्छ ।

फुटबलमा कुन देशलाई सपोर्ट गर्नुहुन्छ ?

म वर्ल्ड कप हुँदा अर्जेन्टिनालाई सपोर्ट गर्छु ।

खेलाडी र सेलिब्रिटीहरुको प्रेम सम्बन्धबारे धेरै सुनिन्छ । तपाईँको त कोही खेलाडीसँग अफेयर छैन नि ?

मेरो कोहीसँग केही छैन । एक–दुई जना खेलाडी मात्र चिनेको छु । त्यो पनि सबै दाहीहरू हो । मैले फलो गरिराखेको देखेर चैँ धेर जनाले नाम जोडिदिनुहुन्छ । पहिला फुटबल हेर्न जाँदा फुटबलकै खेलाडीसँग नाम जोडिदिनुहुन्थ्यो । अस्ति सन्दीप दाइसँगको फोटो देखेर उहाँसँग नै नाम जोडेर कमेन्ट गरिराख्नुभएको छ ।

नाम जोडेर कमेन्टहरू गर्दा कस्तो लाग्छ ?

मलाई वास्ता नै लाग्दैन ।

आउने दिनमा तपाईँको कोही खेलाडीसँग फेयर हुन सक्ला ?

त्यस्तो हुँदैन । सबै मेरो दाहीहरू हुन् ।

तपाईँलाई नेपाल क्रिकेट टिमको सदस्य मध्ये कोही एक जनासँग डेट जाने अफर आयो भने कसलाई रोज्नुहुन्छ ?

म कसैलाई पनि रोज्दिनँ । त्यस्तो डेटिङ नै मन पर्दैन मलाई ।

प्रस्तुति: तपस्या राना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *