‘सुजुकी ह्याप्पी न्यु कार’ ग्राहक योजना सुरु – Nepal Press

‘सुजुकी ह्याप्पी न्यु कार’ ग्राहक योजना सुरु

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस नया बर्षका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यु कार ’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस,१ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट पाउनुहुनेछ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ ।
यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *