अनिता र प्रविणको आवाजमा ‘लैजाउ लैजाउ’ सार्वजनिक, भिडिओमा आर्यनदेखि रुबिनासम्म – Nepal Press

अनिता र प्रविणको आवाजमा ‘लैजाउ लैजाउ’ सार्वजनिक, भिडिओमा आर्यनदेखि रुबिनासम्म

काठमाडौं । अनिता चलाउने र प्रवीण वेडवालद्वारा स्वरवद्ध ‘लैजाउ लैजाउ’ बोलको गीत आज सार्वजनिक गरिएको छ । गीतमा थुप्रै चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

अर्जुन पोखरेलको शब्द र संगति रहेको गीतको टिजर एक महिना अगाडि रिलिज गरिएको थियो ।

अनामनगरको नेभरमाइन्ड रेस्ट्रोमा आज एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

अनिता चलाउनेको युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा आर्यन सिग्देल र केकी अधिकारी तथा आकाश श्रेष्ठ र रुबिना थापालाई जोडीका रुपमा हेर्न पाइन्छ ।

गीत मेलोडियस छ भने भिडियो पनि दमदार छ । रामजी लामिछानेले भिडियो निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *