३१ अंकले घट्यो नेप्से, कारोबार रकम झन्डै डेढ अर्ब – Nepal Press

३१ अंकले घट्यो नेप्से, कारोबार रकम झन्डै डेढ अर्ब

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ।

लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत मानिन्न ।

बजार घटे पनि तीन कम्पनीले भने पोजेटिभ सर्किट हानेका छन् । राष्ट्र उत्थान लघुवित्त (१०), इमरजीन नेपाल (९.९९) नेश्डो लघुबित(९.९९) प्रतिशतले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *