पेट्रोलियम चालक संघको आन्दोलन फिर्ता – Nepal Press

पेट्रोलियम चालक संघको आन्दोलन फिर्ता

काठमाडौं । नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता गरेको छ ।

विभिन्न माग राख्दै आन्दोलनमा रहेका चालकहरू, नेपाल आयल निगम, डिपो प्रमुख, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सहमति भएपछि आन्दोलन फिर्ता लिएका हुन् ।

नेपाल आयल निगमका कार्यवाहक महाप्रबन्धक वीरेन्द्र गोइत, प्रवक्ता विनितमणि उपाध्याय, डिपो प्रमुख सैलेन्द्र भुसाल, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका सचिव विष्णु कुमार खड्का र नेपाल पेट्रोलियम चालक संघ केन्द्रीय अध्यक्ष ईश्वर लामासहितको वार्तापछि सहमति भएको हो ।

हिजो मात्रै आयल निगम र व्यवसायीहरुबीच सहमति भएको थियो । अब पेट्रोलियम पदार्थको सहज आपूर्ति हुने विश्वास गरिएको छ ।

यस्तो छ सहमति

चालकहरूले राख्दै आएका मागबारे निगमले केन्द्रीय कार्यालयमा पत्राचार गरी माग सम्बोधनका सम्बन्धमा उचित निष्कर्ष निकाल्न सम्बन्धित निकायमा यथाशीघ्र पेश गर्ने

न्यूनतम पारिश्रमिक उपलब्ध नगराइएको लिखित जानकारी हुन आएमा महासंघले समन्वय गरी पारिश्रमिक उपलब्ध गराइदिने ।

यसका लागि बागमती प्रादेशिक कार्यालय थानकोटले आवश्यक समन्वय गरी काम अगाडि बढाउने ।

समस्या समाधानका लागि निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्जलाई पत्राचार गरी आवश्यक समन्वयनको व्यवस्था मिलाउने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *