के हो ओमिक्रोनभन्दा १० गुणा बढी संक्रामक भनिएको एक्सई भेरियन्ट ? – Nepal Press

के हो ओमिक्रोनभन्दा १० गुणा बढी संक्रामक भनिएको एक्सई भेरियन्ट ?

एजेन्सी । विश्व स्वास्थ्य संघठन डब्लूएचओले कोरोनाभाइरसको नयाँ प्रजाति एक्सई ओमिक्रोनभन्दा १० गुणा बढी संक्रामक रहेको जनाएको छ ।

हालसम्म देखा परेका कोरोनाभाइरसका भेरियन्टमध्ये ओमिक्रोनलाई सबैभन्दा संक्रामक मानिदैँ आएको थियो । विश्व स्वास्थ्य संघठनले एक्सई भेरियन्ट सबैभन्दा बढी संक्रामक भेरियन्टकोरुपमा स्थापित हुने दाबी गरेको छ ।

डब्लूएचओका अनुसार हाल देखा परेको एक्सई भेरियन्ट यसघिको ओमिक्रोन भेरियन्ट बीए वान र बीए टू को उत्परिवर्तनबाट उत्पति भएको हो ।

यो भेरीयन्ट गत जनवरी १९ मा बेलायतमा देखा परेको थियो भने अहिले विश्वभर ६०० जनाको हाराहारीमा संक्रमित देखिएको संघठनले जनाएको छ ।

विश्व स्वास्थ्य संघठनका अनुसार हालसम्म प्राप्त जानाकारी अनुसार एक्सई भेरियन्ट ओमिक्रोनभन्दा १० गुणा बढी संक्रामक देखिएको छ यधप्पी यो भेरीयन्टका थप विशेषताको बारेमा भने हाल अनुसन्धान भइरहेको विश्व स्वास्थ्य संघठनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *