हाइड्रो एक्स्पोको मिति सर्‍याे – Nepal Press

हाइड्रो एक्स्पोको मिति सर्‍याे

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यसअघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण १ दिन पर सारिएको आयोजकले जनाएको छ ।

चैत १८ गते घोडेजात्राका दिन सैनिकमञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक दिन ढिला गरी एक्स्पो सुरु गर्न लागिएको हो ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको हो ।

एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले पुर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि सुरु गर्न लागिएको बताए । एक्स्पोमा सहभागी हुने सबै पक्षहरुलाई चैत १९ कालागि तयारी तथा व्यवस्थापन गर्न प्रधानले आग्रह गरेका छन् । साथै प्रधानले एक्स्पोमा सहभागि हुने प्रदर्शकहरु आउने क्रम जारी रहेको भन्दै सहभागी हुन चाहनेलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने एक्स्पोमा एक्स्पोमा १०० भन्दाबढी स्टल रहने छन् । जलविद्युत प्रवद्र्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने आयोजकको भनाई छ ।

भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाकाबीचमा पारस्परिक सहकार्यमासमेत सहजता आउने आयोजकको अपेक्षा छ ।

हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन विशेष आकर्षण बन्नेछन् । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा एक्स्पोमा समावेश गरिनेछ ।

विद्युतीय सवारी साधनको ¥याली पनि एक्स्पोको विशेष आकर्षण बन्ने मात्र नभई विद्युतीय सवारी साधनको बजारीकरण तथा सो को माध्यमबाट जलविद्युतको आन्तरिक बजार बिस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । एक्स्पो अवलोकनका लागि आएका अवलोकनकर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था व्यवस्था गरिएको छ ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ । ३ दिनसम्म चल्ने एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *