चोनबुरीविरुद्ध गोलरक्षक दीप र प्रशान्तलाई मौका, अनन्त कप्तान – Nepal Press

चोनबुरीविरुद्ध गोलरक्षक दीप र प्रशान्तलाई मौका, अनन्त कप्तान

काठमाडौं । थाइल्यान्ड शीर्ष डिभिजन क्लब चोनबुरी एफसीविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको सुरुआती ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले चोनबुरीविरुद्ध अनन्त तामाङको कप्तानीमा युवा खेलाडीलाई मौका दिएका छन् । जहाँ राष्ट्रिय टोलीबाट डेब्यु नपाएका गोलरक्षक दीप कार्की र मिडफिल्डर प्रशान्त अवस्थी समेत रहेका छन् ।

यस्तै सन्तोष तामाङ, नविन गुरुङ, आशिष लामा र सुभाष गुरुङले समेत मौका पाएका छन् ।

यस अघि नेपालले थाइल्यान्डविरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २–० ले गुमाएको थियो ।

नेपाली टोली

गोलरक्षक: दीप कार्की

रक्षक: सुमन अर्याल, अनन्त तामाङ (कप्तान), दिनेश राजवंशी, गौतम श्रेष्ठ

मिडफिल्डरः सन्तोष तामाङ, नविन गुरुङ, एरिक विष्ट , सुभाष गुरुङ

स्ट्राइकर: आशिष लामा, प्रशान्त अवस्थी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर