गौशालामा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु – Nepal Press

गौशालामा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको गौशालामा आज बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् ।

चावहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान साढे ५ बजे, पैदलयात्रीलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगल स्थित काठमाडाै‌ं मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे, मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *