पुलिसलाई हराउँदै आर्मीले उचाल्यो दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलको उपाधि – Nepal Press

पुलिसलाई हराउँदै आर्मीले उचाल्यो दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलको उपाधि

कैलाली । धनगढीमा जारी ‘दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि नेपाल आर्मी क्लबले हात पारेको छ ।

शनिवार भएको फाइनलका खेलमा विभागीय टोली आर्मीले अर्को विभागीय टोली नेपाल प्रहरी क्लबलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

आर्मीले प्रहरीलाई ३–१ को सेटले पराजित गर्‍यो । पहिलो र दोस्रो सेट २५–२३ र २५–२० जितेको आर्मीले तेस्रो सेट भने १८–२५ मा गुमाउन पुगेको थियो । तर, चौथो सेट २५–२२ ले जित्दै आर्मीले फाइनल जितेको छ ।

प्रतियोगिताको विजेता बन्दै आर्मीले नगद चार लाख पुरस्कार राशि सँगै ट्रफी र मेडल पाएको छ । त्यस्तै उपविजेता प्रहरीले दुई लाख नगद पाएको छ ।

तेस्रो हुने टोली गण्डकी प्रदेशले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

विजयी खेलाडी र टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर धामी, ओलम्पिएन दीपक विष्टलगायतले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर