दोलखाको कालिन्चाेकमा आगलागी, ५० लाख बढीकाे क्षति – Nepal Press

दोलखाको कालिन्चाेकमा आगलागी, ५० लाख बढीकाे क्षति

चरीकोट । दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज शनिबार बिहान भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । स्थानीय विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले जानकारी दिए ।

खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएका तीन वटै घर र घरभित्र भएका सामग्री जलेर नष्ट भएको छ । भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । बाक्लो गाउँ भएको र घरहरुसँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट तीन वटा घरसहित घरमा भएको सामाग्रीहरु जलेर करिब ५० लाखभन्दा बढीको क्षति भएकाे प्रारम्भिक अनुमान गरिएको वडाध्यक्ष थामीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *