दिपेन्द्रको शतकमा नेपालले पीएनजीलाई दियो २ सय ७९ रनको बलियो लक्ष्य – Nepal Press

दिपेन्द्रको शतकमा नेपालले पीएनजीलाई दियो २ सय ७९ रनको बलियो लक्ष्य

काठमाडौं । दिपेन्द्रसिंह ऐरिको शतकमा नेपाले घरेलु मैदानमा जारि पपुवा न्यू गिनि (पीएनजी)लाई २ सय ७९ रनको बलियो लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जिते पहिला ब्याटिङ थालेको नेपालकालागि दिपेन्द्रसिंह ऐरिले उत्कृष्ट इनिङ खेले । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का र शुक्रबार घरेलु मैदानमा रोहित पौडेलले पीएनजीविरुद्धनै शतक बनाएका थिए ।

तेस्रो ओभरमा दुवै ओपनर गुमाएको नेपालका लागि दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारि गर्दैै चुनौतिपूर्ण स्कोर बनाएका थिए । दिपेन्द्र र देवले नेपालकालागि ओडिआईमा हालसम्मकै उच्च साझेदारि गरेका थिए । उनले देवसँग तेस्रो विकेटका लागि १ सय २९ रनको साझेदारी गरे । दिपेन्द्र १ सय ४० बलमा नेपालका लागि सर्वाधिक १ सय ५ रन बनाएर आउट भए ।

देव खनाल ५६ बल खेल्दै ७२ रन बनाएर पभेलिएन फर्किए । यस्तै, रोहित पौडेल ३५ रन बनाए । भिम सार्की २६ बनाएर पभेलियन फर्किएपछि लगातार विकेट गुमाएको नेपालकालागि कप्तान सन्दीप लामिछाने क्रिजमा आएर उत्कृष्ट फिनिस गरे । उनले ९ बलमा २ चौका र १ छक्कासहित २४ रनको इनिङ खेल्दै अविजित रहे ।

पीएनजीको वलिङमा एली नावोले सर्वाधिक तीन विकेट लिए । नोरमान भानुवा दुई तथा चाड सोपेर र चाल्र्स अमिनिले समान एक विकेट लिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर