दिपेन्द्रको पहिलो एकदिवसीय शतक – Nepal Press

दिपेन्द्रको पहिलो एकदिवसीय शतक

काठमाडौं । दिपेन्द्रसिंह ऐरीले एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका छन् ।

घरेलु मैदानमा जारी पपुवा न्यूगिनिविरुद्धको खेलमा उनले १ सय ३६ बलमा ६ चौकासहित शतक प्रहार गरे । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का र शुक्रबार घरेलु मैदानमा रोहित पौडेलले पीएनजीविरुद्धनै शतक बनाएका थिए ।

दुवै ओपनर गुमाएपछि क्रिजमा आएका दिपेन्द्रले देव खनालसँग नेपालका लागि ओडीआईमा हालसम्मकै उच्च साझेदारी गरेका थिए । उनले देवसँग तेस्रो विकेटका लागि १ सय २९ रनको साझेदारि गरे । दिपेन्द्रले चौथौ विकेटका लागि रोहित पौडेसँग ५८ रनको साझेदारी गरे । अहिले उनलाई क्रिजमा भिम सार्कीले साथ दिइरहेका छन् ।

टस जितर पहिला ब्याटिङ रोजेको नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर